हङकङेली गायक तथा संगितकार साक्थिम योङ्याले सांगीतिक कमब्याक गरेका छन्।

तीन दर्जनभन्दा बढी गीतमा स्वर र संगीत दिएका साक्थिम हङकङेली नेपाली समाजमा संगीत सिर्जना र प्रस्तुतिका पर्याय हुन्।

पछिल्लो समय उनैले धरान सहर बोलको गीत र भिडियो सार्वजनिक गरेका छन्।

लाहुरेको सर भनेर चिनिएको धरान र हङकङको सम्बन्ध अमिट छ।

लोकशैली भाकामा तयार पारिएको गीतमा किशोरकिशोरीको प्रेमील भावमा धरानको विम्ब प्रस्तुत गरिएको छ।

साक्थिमको स्वर र संगीतलाई चर्चित गायिका मेलिना राईले साथ दिएकी छिन्। गीतमा विष्णु खजुमको रचना र चन्दु गोर्खालीको एरेन्ज रहेको छ।

धरानसँगै पूर्वको इलाम लगायतका स्थानहरूमा छायाङ्कन गरिएको भिडियोमा युमन सोदेम्बा लिम्बु र रेखा फागोको रोमान्स देख्न सकिन्छ।

गरिमा डान्स सेन्टरको कोरस रहेको भिडियोमा देवजङ थापाको निर्देशन र छायाङ्कन रहेको छ।

प्रकाश लिम्बुको निर्माणमा तयार गीत र भिडियोलाई मिडिया कनेक्सन युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय