रुकुम पश्चिमको , आठबिसकोट नगरपालिका वडा नम्बर ९ राडि पाखा घर भएका र अहिले राडि बाजर मा आफ्नो वास स्थान बानाई सकेका जुजारु युवा नेता  आठविसकोट नगरपालिकाका नगर तरुणदल उपसभापति तथा राडि ज्युला शिक्षा क्याम्पस संचालन समिति सदस्य ललित चन्दले,  आफ्नो जन्मदिनको अवसर पारेर सानै देखि आफुले अध्ययन गरेको स्कुल र अहिले पनि आफु ११ म पड्दै गरेको  श्री कालिका मा बि सुन्दरपानिका कक्षा १ देखि १० सम्मका उपस्थित २२० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको छ।

तेस्तै सोहि नगरपालिकाको वडा नम्बर १० म रहेको  अर्को श्री जनविकास मा.बि. घारिखोलाको स्कुल लाई पनि सोहि दिनको अवसर पारेर कार्यलय व्यवथापनको लागि रु तिन हजार तिन सय त्यात्तिस रुपैयाँ  सहयो गर्नु भएको छ । स्कुलले चन्द लाई जन्मदिनको शुभकामना सहित धन्यवाद प्रकट  गरेको छ ।

जन्मदिनमा अन्य खर्च नगरि विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको चन्दले बताउनु भएको छ ।  चन्दका अनुसार यो भुकम्पले गाउँ, घर सबैठाँउ थला परेको बेला आफुले पढेको विद्यालयका भाइ बहिनी हरुलाइ मलम लगाउने काम गरेको र अब आगामि आउने जन्मदिनमा अझ व्यवस्थित कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय