काठमाडौंकाठमाडौंको मैतिदेबिमा रहेको अगापे चर्चले आज क्रिसमस (डे) दिवस मनाइएको क्रिश्चियन धर्मावलम्बीहरुले काठमाडौंको मैतिदेबि चोक नजिकै रहेको अगापे चर्चमा नाचगान प्रार्थना गर्दै एकअर्कामा प्रेम प्रकट तथा शुभकामना उपहार साटासाटगर्दै क्रिसमस दिवस मनाएको पास्टर बुद्व घिजिङले जानकारी दिनुभएको छ।

पास्टर घिसिङका अनुसार हरेक वर्ष २५ डिसेम्बरमा क्रिश्चियन धर्मका संस्थापक यशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस चर्चले सबै भन्दा कान्छि उमेरको हगमा रहेकि सोनालि बटालाको हात बाट केक काटेर क्रिसमस दिवस मनाएअको जनाउनु भएको छ।

आजभन्दा दुई हजार २३ वर्षअघि डिसेम्बर २५ तारिखका दिन यशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो
पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका यशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिनुभएको थियो

ख्रीष्टले मुक्ति, प्रेम शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन्

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमाआजको दिनलाई मनाउने गरिएको

विश्वका धेरै मानिसले मनाउने क्रिसमस दिवस नेपालमा भने विसं २०६३ पछि मनाउन थालिएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय