रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले किर्ते कागजात बनाई माओवादी निकट संगठनलाई भुक्तानि दिएको पाईएको छ ।

माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाललाई भर्खरै सम्पन्न अधिवेशनमा जानकको लागी खर्च बाफत कागजात मिलाएर ३० हजार भुक्तानि दिएको छ । आठबिसकोट नगर पालिकाका नगर प्रमुख रबि के सी र प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले कुनै सम्झौता तथा सुचना प्रकाशन तथा प्रसारण बिना भुक्तानि दिएको पाईएको छ ।

वैधानिकता दिन रेडीयो सानिभेरीको बिल प्रयोग गरेको एक स्रोतले बत्ताएको छ ।

आठबिसकोट नगरपालिकाले यस अघि पनि प्रेस सेन्टर नेपाल रुकुम पश्चिमका अध्यक्षले फेसबुक लाईभ गरे बाफत १५ हजार रुपैया दिएको पनि खुलेको छ ।

तर पालिकाले सम्झौता गरेका आर्थिक बर्ष २०७९/८० का बिग्यापनहरुलाई भने हालसम्म पनि भुक्तानि दिईएको छैन ।

भुक्तानि माग्दा लेखाले हाकिम र हाकिमले लेखा शाखालाई देखाऊदै भुक्तानि नदिएको गुनासो बढ्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय