सत्य बटाला
रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर ९ मा रहेको राडीज्युला शिक्षा क्याम्पसको प्रमुखमा तेजबहादुर मल्ल नियुक्त हुनुभएको छ ।

क्याम्पसमा २०७४ साल मङ्सिर १ देखि शिक्षण सहायक पदमा नियुक्त भई २०७७ साल देखि सहायक क्याम्पस प्रमुखका रूपमा काम गरिरहनुभएका मल्ललाई क्याम्पस सञ्चालक समितिको पौष ८ गतेको बैठकले क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । उहाँले आज क्याम्पस प्रमुखको पद बहाली गर्नुभएको छ ।

पद बहाली गर्दै प्रमुख मल्लले क्याम्पसको शैक्षिक, भौतिक र आर्थिक पक्षलाई मजबुत बनाई पठनपाठनलाई नियमित गरी गुणस्तरीय बनाउने प्रतिबद्धता जनाउनुभएको छ । शिक्षालाई थप उचाइमा पुर्‍याउनु अहिलेको आवश्यकता रहेकोले सोही अनुसार काम गर्ने उहाँको भनाई छ ।

यही अवस्थामा शैक्षिक उपलब्धि हासिल गर्न सम्भव नभएको स्वीकार गर्दै नवनियुक्त क्याम्पस प्रमुख मल्लले शैक्षिक गुणस्तर वृद्धिका लागि सबै सरोकारवालाको समन्वय, सहकार्य र निरन्तर निगरानी तथा खबरदारी आवश्यक रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय