सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका स्वीकृत गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड ‘ख’ को प्रयोजनका लागि राष्ट्रिय जनगणना २०७८ को कूल जनसंख्यामध्ये शून्य दशमलव ५ प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति (दलित बाहेक)लाई अल्पसंख्यकको रूपमा तोक्ने निर्णय गरेको छ भने अपांगता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति २०७९ स्वीकृत गरिएको प्रवक्ता शर्माले बताइन्।

त्यस्तै बैठकले राष्ट्रिय बालबालिका नीति २०७९ स्वीकृत गरेको शर्माले जानकारी दिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय