एनएचडिडी स्टुडियो हङकङको निर्माणमा नयाँ म्युजिक भिडियोको छायाङ्कन सकिएको छ।

स्थानीय गायक संञ्जिव लामाको स्वर रहेको गीत ‘साँझ पर्‍यो, घाँम डुब्योमा’ मोडल अम्बिका तामाङले अभिनय गरेकी छिन्।

भिडियोमा अम्बिकाको अदासँगै हङकङको शुन्दर लोकेशनहरूलाई देख्न सकिन्छ।

नेपालमा मोडलिङ गरिरहेकी अम्बिका पहिलोपटक हङकङ आएकै बेला भिडियोमा अवसर पाएकी हुन्।

हङकङकै अन्य प्रोजेक्टहरूमा पनि कुरा भइरहेको छ, सर्टमुभी र केहि भिडियोहरूको लागि पुन हङकङ आउँनुछ तामाङ भन्छिन्।

बौद्ध काठमाडौकी अम्बिका, एकदशकबाट मोडलिङलाई पेशा बनाइरहेकी छिन्।

कलाकारहरू बुद्धि तामाङ, लक्ष्मी गिरीसँग चलचित्र ‘वेल कम टु हेम्जाकोट’मा अभिनय गदै रंगिन दुनियामा प्रवेश गरेकी उनले दर्जन बढी म्युजिक भिडियोमा आफ्नो अभिनयकला देखाइसकेकी छिन्।

रचना रिमाल र अनुप बोहोराको स्वरमा रहेको ‘तिमी नै देउता मेरो’, अस्मिता अधिकारी र अवि सुनारको स्वरमा रहेको ‘मैले फेर्ने सास हौ, तिमी मेरो’, शान्तीश्री परियार र टेक अधिकारीको आवाजमा रहेको लोक दोहोरी गीत ‘माछी लेउमा’ लगायतका म्युजिक भिडियोहरू अम्बिकाका भर्खरै सार्वजनिक भएका भिडियोहरू हुन्।

आफ्नो शरीरको सबैभन्दा सुन्दर अंग आँखा मान्ने अम्बिका सिने क्षेत्रका प्रदीप खड्का र नम्रता श्रेष्ठलाई आफ्नो आइडल मान्छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय