मोतीजस्तै चम्किला दाँत। स्याउजस्ता गाला। सर्लक्क परेको जिउडाल। सुन्दरी प्रतियोगिता भन्नेबित्तिकै धेरैको दिमागमा यस्तै दृश्य घुम्न थाल्छ।

र, हिंसामा परेकी दुई महिलाले काठमाडौंमा जारी मिसेस नेपाल वर्ल्ड सुन्दरी प्रतियोगितामा सहभागी भएर सुन्दरी प्रतियोगिताको परिभाषा नै बदलिदिएका छन्।

दोलखाकी २४ वर्षीया एसिडपीडित जेनी खड्का र क्यान्सर लागेर एउटा खुट्टा गुमाएकी चितवनकी ३७ वर्षीया सीता सुवेदीले सुन्दरी प्रतियोगितामा सहभागी भएर साहस बटुलेकी छन्।

रिबन इन्टरटेनमेन्टको आयोजनामा प्रतियोगिता भरहेको छ, मिसेस नेपाल वर्ल्ड सुन्दरी प्रतियोगिता–२०२३। जहाँ २३ जना कन्टेस्टेन्ट छन्। तीमध्ये जेनी र सीता अरूभन्दा फरक छन्।

दुईले सबैको ध्यान खिचेका छन्– हिम्मत र बौद्धिकताले। जुन प्रतियोगितामा एकसे एक दिग्गज विवाहित नारी सहभागी छन्। कोही डाक्टर छन् त कोही बैंकर अनि कोही इन्जिनियर, आदि।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय