भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको शल्यक्रिया गरी जोर्नी प्रत्यारोपण गरिएको छ । हिपको हड्डी भाँचिएर अस्पताल आउनुभएकी गोरखाकी गङ्गा गुरुङको सफल शल्यक्रिया गरिएको हो ।

अस्पतालका जोर्नी प्रत्यारोपण विशेषज्ञ डा मनोज कँडेलका अनुसार भदौ ३ गते अस्पताल भर्ना हुनुभएकी उहाँको भदौ ५ गते जोर्नी प्रत्यारोपण गरिएको हो । हाल गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

एनेस्थेसिया (शल्यक्रिया गर्दा बेहोस बनाउने काम) र शल्यक्रियाका हिसाबले चुनौतीपूर्ण रहे पनि सफलतापूर्ण शल्यक्रिया गरिएको डा कँडेलले बताउनुभयो । उहाँका हनुसार बिरामीको हिपको गेडी परिवर्तन गरिएको छ । गुरुङलाई अस्पतालको हाडजोर्नी विभागमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखी उपचार भइरहेको डा कँडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उहाँ हिँड्न थाल्नुभएको छ । विस्तारै निको हुने विश्वास हामीले लिएका छौँ ।” सबैभन्दा धेरै उमेरमा सफल शल्यक्रिया गरिएको अस्पतालको यो पहिलो घटना भएको उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय